तलब वढाउन माग गर्दे माइतीघरमा शिक्षकहरुको धर्ना

काठमाडौं। नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा आज धर्ना दिएको छन्। शिक्षकहरुले अफ्नो पेसागत पोसाकमा शुक्रबार तीन घण्टा धर्ना दिएको छन्। प्रारम्भिक बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनपर्ने भन्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्। यसका साथै सरकारले गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने र राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन्।