सिंहदरवारमा प्रहरी माथि हातपात गर्ने चार चिनियाँविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने

सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ ।      महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरुलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिनुभयो । शुक्रबार अपराह्न बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

सम्बन्धित सामग्री

शिक्षकमाथि हातपात गर्ने दुईजना प्रहरी नियन्त्रणमा

अर्घाखाँचीको मालारानी गाउँपालिकामा शिक्षकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।...

गौरीफन्टा नाकामा भारतीयबाट प्रहरी हवल्दारमाथि हातपात

५ पुस, धनगढी । कैलालीको गौरीफन्टा नाकामा एक नेपाली प्रहरी कर्मचारीमाथि भारतीय नागरिकले हातपात गरेका छन् । प्रहरीको पोशाकमै रहेका ती हवल्दारमाथि भारतीय नागरिकले हातपात गरेको भिडियो हिजोआज सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा देखिएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत बिष्णु भुल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले […]

लेखा प्रमुखमाथि हातपात गर्ने तीनजना प्रहरी नियन्त्रणमा

सिमकोट- लेखापालमाथि हातपात गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सदरमुकाम सिमकोटमा रहेको नाम्खा गाउँपालिकाको सम्पर्क कार्यालयका लेखा प्रमुख अश्विनीकुमार देवकोटामाथि हातपात गर्ने तीन जना पक्राउ परेका हुन्। शुक्रबार बिहान चार नबज्दै देवकाेटा सुतिरहेको अवस्थामा एक्कासि ढोका खोल्न लगाएर हातपात गरेको उजुरी परेपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको हो। प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार सिमकोट […]

कार्यकक्षमै वडाध्यक्षमाथि हातपात

हेटौंडा : हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि कार्यकक्षमा नै हातपात भएको छ।नेकपा एमालेका सचिव समेत रहेका वडाध्यक्ष सिग्देलमाथि एमालेकै जिल्ला सदस्य सानु लामा दोङले हातपात गरेका हुन्। कुटाइ खाएका वडाध्यक्ष सिग्देलले लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिइसकेका छन्।सिग्देलले आफूमाथि हातपात भएको भन्दै कारवाही माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।उनले सिग्देलको उजुरी परेलगत

प्रहरी कर्मचारीलाई हातपात गर्ने पक्राउ

उदयपुर, १२ असोज । प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा ३० वर्षीय पुरुष पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ७ चुहाडे चोकमा डिय्टीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका ८ बस्ने ३० वर्षीय भवानी चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । डिउटीमा खटिएको प्रहरीलाई उनले अचानक हातपात गरेकोपछि उनलाई पक्राउ गरेको जनाएको छ । […]

प्रहरीलाई हातपात गर्ने युवक पक्राउ

भक्तपुर, ३ साउन । प्रहरीलाई हातपात गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सूर्यबिनायक नगरपालिका ८ जगातीमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा भक्तपुर जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई मादक पदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्रममा हातपात […]

आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ

सुर्खेत : जिल्लाको प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालको ढोकानजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार पक्राउ परेका तीनै जना नाबालक हुन्। प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्रमुख डा. शङ्कर रिजाल, डा. यादव उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि सामूहिक हातपात भएको थियो।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद घर्त

हातपात गर्ने प्रहरीलाई कारबाही गर्न सांसदहरूको माग

लुम्बिनी प्रदेशका महिला सांसदले आफूहरूमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको भन्दै हातपात गर्नेमाथि कारबाही गर्न माग गरेका छन् । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आइतबार प्रदेश प्रमुखको कार्यालयमा...

प्रहरीमाथि हातपात गर्ने पक्राउ

काठमाडौँमा प्रहरीमाथि नै हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारमा आज म्याद थप गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रदीपकुमार श्रेष्ठले जानकारी दिए ।प्रहरी बरिष्ठ उपरीक्षक श्रेष्ठका अनुसार सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा उनीहरुलाई सोधपुछका लागि ल्याइएकोमा प्रहरी टोलीमाथि नै हातपात गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरुले कार