पहिरोका कारण लुक्ला र नाम्चेको आवतजावत टुट्यो

सोलुखुम्बु - पहिरोका कारण सोलुखुम्बुको नाम्चे र लुक्लाबीचको आवतजावत बन्द भएको छ। लगातारको वर्षाका कारण खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ३ को टोकटोकमा पहिरो खस्दा लुक्ला र नाम्चेको आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक एवं सूचना अधिकारी ऋषिराज ढकालका अनुसार गएराति साढे १० बजे खसेको पहिरोले सडक ठप्प पारेको छ । लुक्ला र नाम्चे आवतजावत गर्ने अन्य वैकल्पिक मार्ग समेत नहुँदा समस्या भएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरि शेर्पाले बताउनुभयो । पहिरो हटाउन न...