महिलालाई बहराइनमा बिक्री गर्ने २० वर्षपछि पक्राउ

मानव बेचबिखन मुद्दाका एक आरोपीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । विसं २०५८ माघ ११ गते प्रलोभनमा पारी एक महिलालाई बहराइनमा बिक्री गर्ने कार्यमा संलग्न खोटाङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्ने चन्द्रदीप राईलाई प्रहरीले पक्राउ गरेको हो । उनले महिलालाई अस्पतालमा बिरामीको स्याहारसुसार गर्ने काममा पठाइदिने भनी प्रलोभनमा पारी बहराइन पठाएर बिक्री गरेको खुल्न आएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विज्ञप्तिमार्फत जनाएको छ । ब्यूरोका अनुसार पीडित महिलासँग रु ५० हजार लि