नेपालगन्जमा रहेको ०६२/६३ का लोकतान्त्रिक सहिद सेतु बिकको सालिक तोडफोड र रोल्पा कारागारमा मृत्यु भएका सुन्दर हरिजनको घटनालाई छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै राष्ट्रिय दलित मुक्त जागरण अभियानले विरोध सभा आयोजना गरेको छ ।मधेस प्रदेशको सप्तरी जिल्लाको खडक नगरपालिकाको कल्याणपुर बजारमा विरोध सभा आयोजना गरिएको हो । जागरण अभियानका अभियान्ताहरुले बजार परिक्रमा गरी कल्याणपुर चौकीमा पुगेर कोणसभा गरी कार्यक्रम सम्पन्न गरेका छन् ।कार्यक्रममा जागरण अभियानका केन्द्रीय संयोजक राजेश विद्रो