काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले देखिने गरी स्वास्थ्य अनुसन्धान हुनुपर्ने बताएका छन्।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री खापुङले देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परिषद्लाई निर्देशन दिएका हुन्।उनले परिषद्को कर्मचारी विनियमावली समस्या सम्बोधन गर्न प्रयत्न गर्ने बताए। उनले भने, ‘परिषद्को कर्मचारी विनियमावली ४ वर्षदेखि अलमलिएको छ। यो विषयमा अर्थ मन्त्रालयसँग छलफल गरी समाधान दिन प्रयत्न गर्छौ।’ मन्त्री खापुङ