अर्घाखाँची उद्योग वाणिज्य संघको अध्यक्षमा एमाले निकटका युवा व्यवसायी प्रदीप मिश्र निर्विरोध निर्वाचित भएका छन् । छैठौं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुसाल, वाणिज्य उपाध्यक्षमा दिलबहादुर वली, उद्योग उपाध्यक्षमा काजी श्रेष्ठ, महासचिव तुल्सीराम खनाल, सचिव सन्तोष बस्नेत, कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ र सहसचिवमा लेखनाथ भुसाल चयन भएका छन् ।