कोरोना महामारीमा नन्-कोभिड बिरामीको सेवामा रातदिन नभनी खटेका ३ युवाको कथा [भिडियो रिपोर्ट]

कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै कैयनले ज्यान गुमाए । कोरोना महामारी फैलिँदा कोरोनाका बिरामी मात्र होइन अन्य रोगका बिरामीहरूले पनि पाउनु दु:ख पाए । कोरोनाका बिरामीहरूको हेरचार तथा उपचारमा त सिंगो राज्य संयन्त्र र सबैको ध्यान केन्द्रित थियो, तर यसबीचमा अन्य रोगका बिरामी समस्यामा परे । यसरी दु:ख पाएका नन्-कोभिड बिरामीको सेवामा खटिएका छन्...