वाम एकताका लागि एकीकृत समाजवादीले बनायो वार्ता समिति

२१ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामपन्थी पार्टीहरुसँग एकता तथा कार्यगत एकताका लागि वार्ता गर्न ४ सदस्यीय वार्ता समिति बनाएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव डा. बेदुराम भुसाल, उपमहासचिवहरु प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल रहेको समिति गठन गरेको हो ।

सम्बन्धित सामग्री

माओवादी, एकीकृत समाजवादी र जसपाले एकता प्रक्रियालाई दिए औपचारिकता

काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताका लागि औपचारिक छलफल सुरु हुने भएको छ । तीन वटै दलले एकताका लागि छलफल गर्न गर्न वार्ता समिति गठन गरिसकेका छन्