माओवादी नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । उनी हाल होम आइसोलेसनमै छन् ।  उनले हालसालै आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेका छन् । हालै महाधिवेशन सम्पन्न गरेको माओवादीका केन्द्रीय कार्यालयका कतिपय कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द गरिएको छ । यस्तै अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

सम्बन्धित सामग्री

कोरोना संक्रमण देखिएपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ होम आइसोलेसनमा

काठमाडौं : माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षणका क्रममा आफूलाई कोरोना संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत श्रेष्ठले बताएका छन्। I am in home isolation since yesterday and it will last at least for 14 days because of Corona .PCR test showed corona virus positive. So…