कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डल रहेकी छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष कैद सजाया सुनाएको थियो । त्यसपछि उनी फरार रहेकी थिइन् ।उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका–५ मलेखपुर गाउँबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । आफ्नी २ व