वनको हिरासतमा मृत्यु प्रकरण: परिवारका २ जनालाई रोजगारी, २५ लाख क्षतिपूर्ति दिने सहमति

डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका धनीराम लामिछानेको आश्रित परिवारमध्ये दुई जनालाई एक महिनाभित्र रोजगारी दिने सहमति भएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र परिवारबीच शुक्रबार भएको छलफलपछि उक्त सहमति भएको हो ।

सम्बन्धित सामग्री

वनको हिरासतमा मृत्यु प्रकरण : ४ जना कर्मचारीविरुद्ध किटानी जाहेरी

वीरेन्द्रनगरस्थित डिभिजन वन कार्यालय, सुर्खेतमा मृत्यु भएका धनीराम लामिछानेका आफन्तले कार्यालयकै ४ जनाविरुद्व किटानी जाहेरी दिएका छन् । सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षक पियूषराज तिवारी र सुरेन्द्र रानाविरुद्व किटानी जाहेरी दिएको मृतकका आफन्तले बताए।

पल्टु रविदास मृत्यु प्रकरण : दुई बुँदे सहमतिपछि आफन्तले शव बुझे

जनकपुरधाम– धनुषा प्रहरीको हिरासतमा मृत्यु भएका लक्ष्मीनियाँ गाउँपालका २ सिनुरजोडाका पल्टु रविदासको शव आफन्तले बुझेका छन् । सरकार र परिवारका सदस्यबीच दुई बुँदे सहमतिपछि शव बुझेका हुन् । घटनाको पाँच दिनपछि दुई बुँदे सहमति भएको हो । जिल्ला सुरक्षा समितिको बैठकमा सहमति भएपछि परिवारले शव बुझेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । […]