सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्। सोही अध्यक्ष मण्डलका अर्का एक सदस्य महेन्द्र यादव कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन्। अध्यक्ष ठाकुरले पनि सरकारमा नजाने निर्णय गरे। बाँकी तीनजना राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा सरकारमा सामेल भए। यस अर्थमा अध्यक्ष मण्डलमा रहेकामध्ये एक राजकिशोरले सरकारमा ज