विवाहमा जीवन बीमा उपहार

काठमाडौं । धनुषा महेन्द्रनगर–८ का राजिवकुमार पण्डितले विवाहमा जीवन बीमा योजना उपहार पाएका छन् । प्रभु लाइफ इन्स्योरेन्स बर्दिवास शाखाका प्रमुख राकेशकुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले पण्डितलाई जीवन बीमा योजना उपहार दिएका हुन् । उनीहरूले प्रभु लाइफ इन्स्योरेन्सको समृद्ध जीवन बीमा योजना उपहार दिएका थिए । आफ्नो साथीको सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको उनीहरूले बताए । ‘विवाहमा अन्य जिन्सी उपहार दिनुभन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्त्व राख्ने र नयाँ संस्कारको शुरुआत हुने सोचले बीमा योजना उपहार दिएका हौं,’ उनीहरूले भने ।  

सम्बन्धित सामग्री

जन्मदिनमा प्रभु लाइफको जीवन बीमा उपहार

काठमाडौं । भक्तपुरका चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियान दुवाललाई जन्मदिनमा प्रभु लाइफ इन्स्योरेन्सको बीमालेख उपहार दिएका छन् । उनीहरूले कम्पनीको भक्तपुर शाखाबाट १५ लाखको ‘जीवन किरण’ बीमालेख उपहार दिएका हुन् । उक्त बीमालेखमा बीमाशुल्क छूट, अशक्तता, मासिक आय र प्राणघातक रोगविरुद्ध रक्षावरण सुविधासमेत समावेश गरिएको छ । कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर बबिब दुवालले बीमालेख हस्तान्तरण गरेको शाखा प्रमुख निना श्रेष्ठले बताइन् ।