दूधमा अनुदान पाएपछि किसान उत्साहित

डेरीमा दूध बिक्री गर्दा पाउने मूल्यमा थप अनुदान रकम पाउने भएपछि सिन्धुपाल्चोक कुविण्डेका किसान उत्साहित भएका छन् ।डेरीमा फ्याटको आधारमा पाउने मूल्यमा प्रतिलिटर ७ रुपैयाँ जोडेर आउन थालेपछि किसान उत्साहित भएका हुन् । यहाँका किसानले सहकारीमार्फत दूध बिक्री गरेवापत डीडीसीको दररेट भन्दा ७ रुपैयाँ थप रकम पाउने गरेकी स्थानिय लक्ष्मी सापकोटाले बताइन् ।“डेरीमा दूध बिक्री […]

सम्बन्धित सामग्री

सहकारीको दूधलाई अनुदान

बागलुङ । बागलुङमा सहकारीमार्फत उत्पादनमा जोडिएका दुग्ध किसानले दूधमा प्रतिलिटर साढे दुई रुपैयाँ अनुदान पाउँदै आएका छन् । यसले गर्दा दुग्ध किसान उत्साहित भएका छन् । जिल्लामा सहकारीमार्फत जोडिएर बजारीकरण गर्दै आएका किसानलाई गण्डकी प्रदेश सरकारको बजेटअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गतवर्षदेखि प्रोत्साहनस्वरूप अनुदान दिन थालेको हो । आठ सहकारीमार्फत किसानलाई अनुदान दिइरहेको केन्द्रले बताएको छ । अनुदान पाउन ती सहकारीले दैनिक २०० लिटर दूधको बजारीकरण गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । जिल्ला दूधमा आत्मनिर्भर छ । किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्न गत आर्थिक वर्षदेखि दूधमा अनुदान दिन थालिएको केन्द्रका पशु अधिकृत केशव शर्माले जानकारी दिए । ‘गतवर्ष दूधमा अनुदान दिन ४१ लाख बजेट विनियोजन गरिएको थियो, तर १८ लाखमात्र अनुदान भुक्तानी भयो,’ उनले भने, ‘यस आर्थिक वर्षमा समेत आठओटा सहकारीका तिनै किसानलाई भुक्तानी गर्ने गरी १८ लाख नै बजेट व्यवस्थापन गरेका छौं, असारसम्म भुक्तानी भइसक्छ ।’ दुग्ध सहकारीले किसानको दूधको रकम माग गरे चार–चार महिनामै मुक्तानी गर्न सकिने कार्यालयको भनाइ छ । दैनिक २०० लिटरभन्दा बढी दूधको कारोबार गर्ने बागलुङमा जम्मा आठ मात्र सहकारी छन् । रासस