स्वास्थ्य सेवा विभागले मंगलबारदेखि खोप अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ७७ वटै जिल्लामा मंगलबारदेखि खोप अभियान सुरु गरिने भएको हो । विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिकलाई दिइने भएको छ । त्यसैगरी विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिक आदिले पाउने छन् । त्यसबाहेक खोप अनिवार्य गर