आईसीसीमा दीपेन्द्रको वरियता यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीको टी–२० अलराउण्डर वरीयता यथावत् रहेको छ ।यसअघि दीपेन्द्र वरियताको नवौं स्थान थिए । यसपटक समेत सोही रहेको छ । यो दीपेन्द्रको हालसम्मकै उच्च वरियता हो ।बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ४०औँ स्थानमा छन् । अविनास बोहरा ९३औँ स्थानमा झरेका छन् ।

सम्बन्धित सामग्री

नेपाल १४ औं स्थानमा उक्लियो, नेदरल्याण्ड्स यथावत्, मलेसिया चिप्लियो

नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा १४ औं स्थानमा उक्लेको छ । आईसीसीले आइतबार नयाँ वरियता जारी गरेको हो । मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी शृङ्खला जितेपछि नेपाल १४ औं स्थानमा उक्लेको हो । नेपालले स्कटल्याण्डलाई उछिनेको हो । स्कटल्याण्ड १५ औं स्थानमा चिप्लिएको हो । नेदरल्याण्ड्स भने १७ औं स्थानमा यथावत् छ । नयाँ वरीयता बमोजिम नेपालले २८ खेलबाट पाँच हजार ११३ प्वाइन्ट्स र १८३ रेटिंग्स पाएको छ । स्कटल्याण्डको भने १७ खेलबाट तीन हजार ९६ प्वाइन्ट्स र १७९ रेटिंग्स छ । मलेसिया भने एक स्थान तल झरेको छ ।

आइसिसी वरियता : नेपाल १५ औँ स्थानमा यथावत्

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एकदिवसीय वरियतामा यसअघिको १५ औँ स्थानमा यथावत् छ । सोमबार सार्वजनिक भएको नयाँ वरियतामा नेपाल १५ औं स्थानमा यथावत रहेको हो ...