कर्णालीमा कांग्रेस तत्काल सरकारमा नजाने

सुर्खेत : कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस तेस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको कांग्रेससँग सरकार टिकाउन र गिराउन सक्ने तागत छ। जम्मा ६ सदस्य मात्र भएको कांग्रेसको साथ र सहयोग नभएपछि वर्तमान सरकारले निरन्तरता पाउन वा नयाँ सरकार बनाउन मुस्किल छ।कांग्रेसले बैशाख ३ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकारका पक्षमा उभिएको एक महिना वितिसक्दा पनि उसको सरकारमा सहभागीता छैन। सरकारलाई समर्थन गरेर सत्तापक्षमा भएपनि हालसम्म प्रदेशसभामा प्रतिपक्षकै सिटमा बसेको कांग्रेसल