शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त

सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा काठमाडौं निवासी मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रेग्मीलाई आयोगको अध्यक्ष बनाएको हो ।शिक्षकहरुको नियुक्ति एवं वृत्ति विकासमा भूमिका खेल्ने यस आयोगका सदस्यहरुमा काठमाडौं निवासी डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यसैगरी मंगलबारको क्याबिनेट बैठकले राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुर्याएका