भदौ १५, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले एसईई दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ ।
उक्त योजनामा एसईईका विद्यार्थीले मात्र १ रुपैयाँमा प्रिपेड सिमको खरीदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्छन् ।
यो योजना मंगलवारदेखि सञ्चालनमा आएको कम्पनीले बताएको छ । एसईई - २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट यो पहिलो सिम लिन सक्ने पनि कम्पनीले बताएको छ ।
यो योजनाअन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र १०० रुपैयाँ वा सोभन्दा बढिको पहिलो रिचार्जमा २० रुपैयाँ मेनब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा पाउँछन् । त्यसैगरी ५० रुपैयाँ वा सोभन्दा बढिको प्रत्येक रिचार्जमा ६ महीनासम्म विभिन्न बोनस सुविधाहरुको फाइदा लिन सक्ने पनि कम्पनीले बताएको छ ।
विद्यार्थीहरुले यो सिम लिनका लागि आफ्नो एकप्रति पासपोर्ट साइजफोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि आवश्यक पर्ने पनि कम्पनीले बताएको छ ।