काबुलबाट १७ दिनमा एक लाख २० हजारभन्दा बढीको उद्धार

अफगानिस्तानमा उद्धार अभियान अन्तर्गतसुरक्षा खतरा रहेका अफगानी नागरिक, अमेरिकी तथा अन्य विदेशी सैनिक, कूटनितिज्ञलगायत गरी १७ दिनभित्रमा कूल एक लाख २० हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरिएको अमेरिकी राष्ट्रपति जो वाइडेनले बताएका छन् । अफगानिस्तानबाट २० वर्षे अमेरिकी सैनिक उपस्थिति समाप्त भएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा राष्ट्रपति वाइडेनले उक्त कुरा बताएका हुन् । तालिवान समूह र अमेरिकाबीच कतारमा भएको सम्झौता अनुरूप अमेरिकाले अगस्ट ३१ भित्र नै अफगानिस्तान छोड्ने बताएको थियो । उनले