प्रतिनिधिसभा बैठक बस्दै, महाअभियोग प्रस्ताव पेश गर्ने तयारी
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ ।
दिउँसो १ बजेपछि संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पेश गर्ने तयारी छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराब विरुद्धको महाभियोग प्रस्ताव संसद्मा पेश भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग प्रस्ताव पेश गर्न समय दिनुभएपछि माओवादी सांसद देव गुरुङले महाभियोग प्रस्ताव पेश गर्नुभएको हो । महाधिवेशन प्रस्ताव संसदमा दर्ता भएपछि प्रतिनिधिसभामा सांसदहरुले धारणा राख्नेछन् । महाअभियोग प्रस्ताव पेश …
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकै बीच प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पेस भएको छ। आइतबारको बैठकमा राणामाथिको महाअभियोग प्रस्ताव पेश भएको हो। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका हुन्। फागुन १ गते ९८ सांसदको हस्ताक्षरसहित राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव पेश […]