संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मकवानपुरको थाहा नगरपालिका ‘कल्चर र नेचर’को केन्द्र भएकोले यसलाई प्रवर्द्धन गरी पर्यटनसँग जोडेर विकास गरिने बताएका छन् ।थाहा नगरपालिकाको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको वसन्तपुर डबलीमा १८ कात्तिकबाट आयोजना गरिएको तीनदिने फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले नेपालमा ‘कल्चर, नेचर र एड्भेन्चर’ पर्यटनको उच्च सम्भावना रहेको हुँदा त्यस्तो सम्भावना थाहानगरको पनि रहेकोले विकास गर्न सक