सेयरमा बैंकको लगानी ९४ अर्बमाथि

काठमाडौं, असार ९ । बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा वृद्धि गर्दै गएका छन्। नेपाल राष्ट्र बैंकले पछिल्लो पटक (वैशाखसम्म) प्रकाशित गरेको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाको सेयर धितोमा गरेको लगानी ९४ अर्ब रूपैयाँ बढी पुगेको छ। २०७७ चैतसम्म वित्तीय संस्थाको सेयरमा लगानी ९१ अर्ब ८४ करोड ४० लाख रूपैयाँ थियो। वैशाखमा मात्रै […]

सम्बन्धित सामग्री

पोखराको सडकमा वर्ल्ड बैंकको लगानी

पोखरा – वर्ल्ड बैंकले पोखराका थप दुई परियोजनामा लगानी गर्ने भएको छ। वर्ल्ड बैंकले लगानी गर्ने परियोजनाको पोखरा महानगरपालिकाले छनोट समेत गरेको छ। नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गतको बिरौटा–पुडिँटार र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुदिखोला–गगनगौँडा सडक स्तरोन्नति गर्न छनोट गरेको हो। सन् २०२६ मार्च ५ भित्र सम्पन्न गर्नेगरी दुई परियोजना छनोट गरेको पोखरा महानगरपालिकाका मेयर धनराज […]

‘बाहिर हल्ला चलेजस्तो बैंकको नाफा बढेको छैन’

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको छाता संगठन नेपाल बैंकर्स संघले बजारमा चर्चा गरेजस्तो बैंकहरूको नाफा नरहेको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष सुनिल केसीले बजारमा चर्चा गरिएजस्तो बैंकहरूले नाफा नकमाएको बताएका हुन् । पत्रकारसँगको छलफलमा अध्यक्ष केसीले अहिलेको बजारस्थिति बैंकको लगानी, निक्षेपमा प्रदान गरेको ब्याजदर र अन्य खर्चलाई हेर्दा कर्जाको […]

किन महँगो छ उच्च शिक्षा ?

सैद्धान्तिक आँखाले हेर्दा :  विश्व बैंकको लगानी सिद्धान्तले भन्छ– स्कुले लगानीको सार्वजनिक लाभ हुन्छ । उच्च शिक्षाको लगानीको व्यक्तिगत लाभ हुन्छ । विश्व बैंकले ल्याटिन अमेरिका तथा क्यारेबियन देशको लगानीबाट यो निष्कर्ष निकालेको...

पूर्वाधार विकास बैंकको चुक्ता पुँजी बढाउने राष्ट्र बैंकको योजना

काठमाडौं : नेपाल पूर्वाधार विकास बैंकको चुक्ता पुँजी बढ्ने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति प्रस्तुत गर्दै निफ्राको चुक्ता पुँजी वृद्धि गरिने जनाएका हुन्। विशेषगरी नेपाल पूर्वाधार विकास बैंकको लगानी क्षमता अभिवृद्धि गर्न पुँजी बढाइने भएको हो। पूर्वाधार क्षेत्रमा लगानी गर्ने…

सेञ्चुरी बैंकको चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको वित्तीय सम्पन्न

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ । प्रदेश १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो ।तल्लो चिरखुवा   होइड्रोइलेक्टी प्रोजेक्टमा सञ्चुरी बैंकको लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको बैंकले जनाएको छ ।  परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्म

विश्व बैंकको लगानी रहेका परियोजनाबारे श्रममन्त्रीसँग छलफल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारिताको विषयमा छलफल भयो । सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको विकासमा विश्व बैंकले पुर्याउँदै आएको योगदानको लागि धन्यवाद दिनुहुँदै आगामी दिनमा लगानी थप विस्तार हुने […]

प्रादेशिक अर्थतन्त्रको विस्तारमा बैंकको लगानी

प्रदेशगत रूपमा बैंक तथा वित्तीय संस्थाले आफ्नो कर्जा तथा निक्षेपको सन्तुलन बनाउनु अर्थतन्त्रका लागि स्वस्थकर छ । नेपालमा राजनीतिक मात्र नभएर आर्थिक गतिविधि पनि केन्द्रीकृत भएका कारण संघीयतामा गएपछि अर्थतन्त्र विकेन्द्रित हुने अपेक्षा थियो । तर, विगतका चार वर्षमा राजनीति पनि विकेन्द्रित हुन सकेन र अर्थतन्त्र पनि विकेन्द्रित हुन सकेको छैन । अर्थतन्त्रका केही परम्परागत […]

नबिल इन्भेस्टमेन्ट बैंकको लगानी व्यवस्थापनमा विशेष सेवा

नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले कारोबार सुरु गरेको छ । विगत २५ वर्षदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहेको नबिल बैंकको सहायक कम्पनीका रुपम यसको स्थापना भएको हो । बैंकले वैशाख १३ गते नेपाल राष्ट्र बैंकबाट सञ्चालन अनुमति पाएको हो । लगानी व्यवस्थापनसँग सम्बद्ध बढीभन्दा बढी सेवा उपलब्ध गराउने उद्देश्यले बैंक स्थापना गरिएको हो । ‘यो मर्चेन्ट बैंकिङ मात्र नभएर इन्भेस्टमेन्ट बैकिङ पनि हो । पुँजी बजारसँग सम्बन्धित सेवाहरू कसरी र कुन तहसम्म नेपालमा ल्याउन सकिन्छ त्यसको खोजी गरी सर्वसाधारणलाई प्रभावकारी सेवा दिने उद्देश्यले यसको स्थपाना भएको हो,’ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भने । बैंकले काठमाडौंका चाबहिलमा कार्यालय स्थापना गरेको छ । अहिले नबिल बैंककै भवन कमलादीबाट सेवा प्रदान गरिरहेको नबिल इन्भेस्टमेन्टले छिट्टै सम्पूर्ण सेवाहरू चाबहिल कार्यालयबाट प्रदान गर्नेछ । बैंकले हाल निष्कासन प्रबन्धकको काम गर्दै आइरहेको छ । यसअन्तर्गत प्राथमिक, हकप्रद,सेयर निष्कासन व्यवस्था पर्दछन् । बैंकको हाल चुक्ला पुँजी रू. ७ करोड र जारी पुँजी रू. १० करोड रहेको छ । ७० प्रतिशत प्रवर्द्धक लगानी रहने बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणलई विक्री गरिनेछ । पराजुलीका अनुसार नबिल इन्भेस्टले नबिल बैंकको छुट्टै सहायक कम्पनीको रूपमा काम गर्नेछ । उनी भन्छन्, ‘प्रशासनिकलगायतका अन्य काममा नबिलको लामो अनुभव प्रयोग गर्नेछौं ।’ वर्ष ५, अंक ४१, २०६७, जेठ ३१–असार ६

राष्ट्र बैंकको लगानी सीमाभन्दा बढी

काठमाडौं । समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै तोकिएको सीमाभन्दा बाहिर गएर विभिन्न संस्थामा शेयर तथा ऋण लगानी गरेको पाइएको छ । महालेखा परीक्षकले हालै सार्वजनिक गरेको आव २०७६/७७ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । नेपाल राष्ट्र बैंक ऐनअनुसार केन्द्रीय बैंकले तोकिएका क्षेत्रको संस्था (कम्पनी) को चुक्ता पूँजीको १० प्रतिशतसम्म मात्र ऋण तथा शेयर लगानी गर्न पाउँछ । कुनै एक कम्पनीको १ अर्ब रुपैयाँ चुक्ता पूँजी छ भने त्यस कम्पनीलाई राष्ट्र बैंकले बढीमा १० करोडसम्म मात्र ऋण दिन पाउँछ । तर, राष्ट्र बैंकले त्यो व्यवस्थाको अवज्ञा गर्दै एक लघुवित्त संस्थालाई चुक्ता पूँजीको १० प्रतिशतभन्दा बढी ऋण दिएको महालेखाले बताएको छ । साथै, अन्य कम्पनीमा तोकिएको सीमाभन्दा बढी शेयर लगानी गरेको महालेखाले औंल्याएको छ । राष्ट्र बैंकबाट ऋण लिएको उक्त लघुवित्तको चुक्ता पूँजी २०७७ असारसम्म रू. १ अर्ब थियो । त्यसअनुसार त्यस लघुवित्तले राष्ट्र बैंकबाट १० करोड रुपैयाँसम्म मात्र ऋण पाउने हो । तर, राष्ट्र बैंकले भने उक्त लघुवित्तलाई रू. ३१ करोड ४० लाख ऋण दिएको महालेखाको ५८औं वार्षिक प्रतिवदेनमा उल्लेख छ । उक्त ऋण अर्थ मन्त्रालयको २०७५ मङ्सिर २४ गतेको निर्णयबमोजिम २०७६ असार ३१ गते सम्बद्ध लघुवित्तलाई दिइएको छ । विशेषगरी अर्थ मन्त्रालय, राष्ट्र बैंक र सम्बन्धित लघुवित्तबीच भएको त्रिपक्षीय सम्झौताअनुसार ग्रामीण आत्मनिर्भर कोषअनुरूप ऋण दिइएको देखिएको छ । तर, उक्त लघुवित्तले भने उक्त ऋण राष्ट्र बैंकबाट नभई नेपाल सरकारबाट लिएको भनेर आप्mनो वित्तीय विवरणमा प्रस्तुत गरेको महालेखाको भनाइ छ । तर, यस विषयमा राष्ट्र बैंकले भने आपत्ति जनाएको छ । तोकिएको सीमाभन्दा बाहिर गएर ऋण दिने काम नभएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले महालेखाको भनाइमा सत्यता नभएको बताए । ‘हामीले प्रक्रिया पुर्‍याएर सीमाभित्र नै रहेर ऋण दिँदै आएका छौं । उक्त ऋण कुनै विशेष प्रयोजनका लागि दिइएको हुन सक्छ,’ उनले भने, ‘यसमा महालेखाले हाम्रोे काम कारबाहीको बारेमा नबुझेको हुन सक्छ ।’ यस्तै, राष्ट्र बैंकले विभिन्न कम्पनीहरूमा पनि तोकिएको सीमाभन्दा बढी लगानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । ऐनअनुसार राष्ट्र बैंकले आफ्नो काम कारबाहीमा सहयोग पुग्ने उद्योगमा १० प्रतिशतको अनुपातमा शेयर लगानी गर्न पाउँछ । तर, राष्ट्र बैंकले कृषि उपज सेवा केन्द्रमा ६२ दशमलव ५ प्रतिशत, राष्ट्रिय बीमा संस्थानमा ५५ दशमलव ५६ प्रतिशत, नेपाल स्टक एक्सचेन्जमा १४ दशमलव ६० प्रतिशत, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकासमा ३१ दशमलव ५२, नागरिक लगानी कोष १३ दशमलव ३४ प्रतिशत र कर्जा सूचना केन्द्रमा १० दशमलव ३ प्रतिशत र एक बैंकिङ संस्थामा १५ दशमलव २९ प्रतिशत लगानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस सन्दर्भमा राष्ट्र बैंकका कार्यकारी निर्देशक ढकालले उक्त शेयर लगानीलाई सिमामा ल्याउन लागिएको बताए । ‘त्यो लगानी ऐन आउनुभन्दा पहिला नै गरिएको हो । त्यसैले अहिले त्यो सीमाभन्दा बढी देखिएको हो,’ उनले भने, ‘हामी त्यसलाई तोकिएको सीमामा ल्याउने काम गरिरहेका छौं ।’ राष्ट्र बैंकले आव २०७६/७७ मा नियमविपरीत भत्ता वितरण गरेको पनि महालेखाले औंल्याएको छ । नेपाल सरकारले २०७५ वैशाखमा सरकारी खर्चमा मितव्ययितासम्बन्धी निर्देशका जारी गर्दै महँगी, लुगा र स्थानीय भत्ताबाहेक सबै भत्ता खारेज गरेको थियो । तर, राष्ट्र बैंकले सो आवमा निर्देशिकाविपरीत केन्द्रीय बैंक, खाजा, वार्षिकोत्सव, क्लोजिङ, इन्टरनेटलगायत १५ किसिमका भत्ता दिएको छ । राष्ट्र बैंकले त्यसबापत रू. १ अर्ब २४ करोड ४५ लाख २३ हजार रुपैयाँ भत्ता दिएको महालेखाको भनाइ छ । तर, राष्ट्र बैंकले यस विषयलाई पनि अस्वीकार गरेको छ । कार्यकारी निर्देशक ढकालले तोकिएको नियमअनुसार नै भत्ता प्रदान गरिएको बताए । ‘महालेखाले के बुझेर यस्तो समस्या औंल्याएको छ, थाहा भएन । महालेखाले भने जस्तो अवस्था राष्ट्र बैंकमा छैन ।’

सवारी साधनमा सुस्तायो बैंकको लगानी

२३ पुस, काठमाडौं । सवारी साधनहरुमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी सुस्ताएको छ । यो क्षेत्रमा हरेक महिना कर्जा लगानी बढ्ने गरेकोमा पछिल्लो समय भने उल्टै घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधनमा जाने हायर पर्चेज कर्जा १ खर्ब ६८ अर्ब २४ करोड […]