सुनसरीको बराहक्षेत्र वडा नं ६ र ९ को आधाआधा भागमा विभाजित भएर बनेको दुई वडा श्रीलङ्का टापुको नामले चिनिन्छ । श्रीलङ्का टापुका बासिन्दाको आर्थिक निर्भरता कृषि र पशुपालनमा बन्दै गएको छ ।मधेसको आदिवासी चन्दवंशीलगायत सबैखाले जातजाति पहाडका राई, लिम्बू, बाहुन क्षेत्री, मगरको बसोबास भएको बस्ती नेपालको ठूलो नदी सप्तकोसीको पूर्वी र पश्चिमी भङ्गालोको बीचमा अवस्थित छ । यस क्षेत्रका बासिन्दा तरकारी खेती गरेर परिवार धान्दै मात्र नभई बचतसमेत गर्दै आएका छन् ।खासगरी मौसमअनुसारको तरकारी परबल, बोडी, करेला, घिरौँ