उपत्यकाका अस्पताल निर्देशकलाई बोलाएर स्वास्थ्यमन्त्रीले भने- सर्वसाधारण उपचारबाट वञ्चित भएको सुन्न नपरोस्

मन्त्री बस्नेतले कूल शय्याको १० प्रतिशत शय्या गरिबी, असहाय, विपन्न नागरिकलाई निःशुल्क व्यवस्था गर्न र सेवा प्रवाहका लागि व्यवस्था मिलाउन आवश्यक कार्यहरू गर्न तथा कुनै पनि बिरामीको उपचार सेवाबाट वञ्चित हुन परेको कुरा आफूले सुन्न नपर्ने गरी काम गर्न निर्देशनसमेत दिए।