कमलविनायकबाट करिब तीन सय मिटरअगाडि नेपाली सेनाको सैनिक प्रतिष्ठानदेखि उत्तरपट्टि पर्ने पुरानो बस्ती चाँगुनारायण नगरपालिका ५ छालिङकाे मुहार सडक सहज पहुँचसँगै फेरिन थालेको छ।...
तराईसँग जोडिएको र राजधानी काठमाडौँसँग नजिक रहेको जिल्ला हो, सिन्धुली । यद्यपि लामो समयसम्म यातायात असुविधाका कारण सामाजिक र आर्थिक विकासमा पछाडि परेको सिन्धुली यतिबेला चाहिँ सडक सञ्जालले घेरिएको छ । गाउँगाउँमा सडक र बिजुली बत्ती पुगेसँगै यस जिल्लाले विकासको मुहार फेर्दै छ ।
जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर १६० किलोमिटरको बनेपा–सिन्धुली–बर्दिबास (बीपी) सडक सम्पन्न भएपछि सिन्धुलीको विकास बामे सरेको हो । चार खण्डमा विभाजन गरी २०५२ सालदेखि निर्माण सुरु गरिएको बीपी राजमार्गको अन्तिम खण्ड खुर्कोट–नेपालथोक ३६.५ किलोमिटर सडक २०७१ सालमा सम्पन्न भएको थियो ।