नाचघरमा हास्यव्यङ्ग्यको फोहरा

काठमाडौँस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘गाईजात्रा महोत्सव २०८१’ मा विभिन्न हास्य कलाकारले सहकारी मुद्दादेखि राजनीतिक गतिविधिसम्मका कुरालाई व्यङ्ग्यात्मक शैलीमा आआफ्नो प्रस्तुति दिनुभएको छ । देशमा भएका मुख्य घटनाक्रमदेखि विभिन्न मुद्दालाई हास्यव्यङ्ग्यात्मक प्रस्तुतिमा हास्य कलाकारले आफ्नो प्रस्तुति दिइरहेका छन् । वर्षभरि राजनीतिमा भएको खिचातानी र जनताले दिनहुँ जसो भोगेका समस्या ‘गाईजात्रा महोत्सव २०८१’ मा देखाइएको छ । महोत्सवमा कलाकारको प्रस्तुति भिन्न भए पनि त्यसमा देखिएका विषय भने एउटै जस्तो लाग्छ । सबैको व्यङ्ग्य राजनीतिमा अड्किएको देखिन्छ ।