जिम्बाब्वेको ‘ए’ टोलीसँगको पहिलो एक दिवसीय क्रिकेट श्रृङ्खलामा नेपालले खराब प्रदर्शन गरेको छ । त्रिवि किक्रेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा मात्र १३६ रन बनाएर अलआउट भयो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । यस्तै, करण केसीले २५, कुशल भुर्तेलले १९, दिपेन्द्र सिंह ऐरी १८ रन बनाए । आशिफ शेख र आरिफ शेखले समान ५/५ रन बनाए भने कप्तान सन्दीप लामिछानेले ४ रन तथा रोहित पौडेलले ३ रन जोडे । यस्तै, मोहम्मद अदिल आलमले २ रन जोड्दा सुशान भारीले कुनै पनि रन जो...