नयाँ सरकार गठनमा प्रचण्ड ‘किङमेकर’ हुन्ः लक्ष्मणलाल कर्ण

१५ पुस, काठमाडौं । राष्ट्रिय जनता पार्टीका जेथन लक्ष्मणलाल कर्णले अबको सरकार कसको नेतृत्वमा बन्ने भन्ने माओवादीका नेता प्रचण्डको हातमा रहेको बताएका छन् । 'सरकार गठनको लागि यतिवेला प्रचण्ड किङ्मेकर हुन्, उनले चाहे भने कांग्रेस लगायतका अन्य दलहरुको पनि सरकार बन्न सक्छ' उनले भनेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको …

सम्बन्धित सामग्री

सरकार सामु धेरै चुनौती र अवसर पनि छन् : लक्ष्मणलाल कर्ण

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरुले कुनैपनि हालतमा विश्वासको मत नदिने स्पष्ट पारेका छन् । उनले भने,‘शेरबहादुर देउवालाई विश्वासको मत दिनको लागि हामी के बौलाएका छौं र ?’

संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन

७ जेठ, काठमाडौं । संविधान संशोधनका विषयमा गृहकार्य गर्न सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी दिए । ठाकुरले जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण …

संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन

काठमाडौं । संविधान संशोधनका विषयमा गृहकार्य गर्न कार्यदल गठन भएको छ । सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल थठन भएको हो । कार्यदलमा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल तथा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन् । The post संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

एमसीसी सम्झौता : सभामुखले टेबल नगरेकोप्रति सर्वदलीय बैठकमा प्रधानमन्त्री रुष्ट

काठमाडौं । संसद्मा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पाेशन (एमसीसी) सम्झौतालाई अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको साथ खोज्नुभएको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग शनिवार बालुवाटारमा सर्वदलीय बैठक गर्दै प्रधानमन्त्री ओलीले संसद्मा लामो समयदेखि विचाराधीन एमसीसी सम्झौता अघि बढाउन सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । उहाँले एमसीसी सम्झौता संसद्मा टेबल गर्न नदिई रोकेको भन्दै सभामुखप्रति आक्रोश पोख्नुभयो । बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘एमसीसी पास गर्ने कि नगर्ने संसद्लाई अधिकार छ । तर, सभामुखले हुँदै नभएको तजबिजी अधिकार प्रयोग गरेर यसलाई रोक्न मिल्दैन भन्नेमा सबै दलको साझा धारणा रह्यो ।’ केही दलले एमसीसी सम्झौताको आलोचना गरे पनि संसद्ले बिजनेश रोक्न नमिल्ने भन्दै एमाले नेतासमेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले सभामुख र कार्यव्यस्थामा छलफल गरेर यो विषय टुंगोमा पुर्‍याउनुपर्नेमा सबै सहमत भएको बताए । सरकारका कारण नभई संसद्को नेतृत्वका कारण महŒवपूर्ण विषय अड्किएको सरकारको दाबी छ । एसिड आक्रमण, कोेरोना खोपसम्बन्धी अध्यादेशलाई संविधानको प्रावधानविपरीत पहिलो दिन प्रवेश नै गर्न नदिइएको भन्दै उनले भने, ‘सरकारका कारण होइन, संसद्को नेतृत्वका कारण कतिपय बिजनेश अड्किएका छन्, यसबारे एउटा समझदारी होस् भन्ने चाहेका छौं ।’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने आफूहरू सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेश लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ । कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई टेबल गर्छौं भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताए । उनले एमसीसीलाई अघि बढाउने मात्रै नभई संसद्लाई बिजनेश दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई भनेको बैठकपछि पत्रकारहरूलाई बताए । संसद्लाई बिजनेश नदिएकोमा, राष्ट्रिय सभाको अधिवेशन नबोलाएकोमा, संसद्लाई बिजनेशविहीन बनाएकोमा सरकारप्रति आपत्ति प्रकट गरिएको पौडेलको भनाइ थियो । उनले सत्तालाई भन्दा व्यवस्थालाई महत्त्व दिन प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले मुलुकका साझा समस्या समाधान गर्न आफू सधैं तयार रहेको, वर्तमान सरकार राष्ट्रियहितको पक्षमा दृढतापूर्वक उभिएको र राष्ट्रियताको सवालमा कुनै पनि किसिमको सम्झौता नहुने बताउनुभएको थियो । प्रधानमन्त्रीले पछिल्लो समय राजनीतिक स्थिरतालाई खलबल्याउने, मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने र राजनीतिक प्रणालीलाई कमजोर गर्ने खालका प्रवृत्ति देखा परेको भन्दै लोकतान्त्रिक शक्तिहरूले त्यस क्रियाकलापलाई निरुत्साहित गर्नुपर्ने बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसका नेता शेरबहादुर देउवा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाशचन्द्र लोहनी, नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालगायतको सहभागिता थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका माओवादीका नेताहरू भने बैठकबारे जानकारी नपाएको भन्दै गएनन् ।

सत्ता साझेदारीका लागि प्रधानमन्त्रीसँग जसपाका तीन सर्त

काठमाडौं । मधेशवादी दल जनता समाजवादी पार्टीले सत्ता साझेदारी खोजेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीनवटा सर्त राखेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमालेसँग भएको छलफलमा जसपा नेताहरुले तीन सर्त अघि सारेका हुन् । बिहीवार साँझ झन्डै तीन घण्टा भएको छ्लफलमा जसपाले थुनामा रहेका रेशम चौधरीको रिहाइ, मधेश र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेको मुद्दा खारेज र संविधान संशोधन हुनुपर्ने पुरानै माग दोहोर्याएको हो । छलफलपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले पुरानै माग अघि सारेको र प्रधानमन्त्रीले छलफल गर्न तयार छु भन्ने जवाफ पाएको बताउनुभयो । जसपाको बिहीवार बसेको बैठकले राजनीतिक संकट समाधानका लागि संसदमा रहेका एमाले, काङ्ग्रेस र माओवादी केन्द्रसँग शीर्ष ५ नेताले संयुक्त छलफल गर्ने निर्णय गरेको थिय ्। सोही आधारमा आज प्रधानमन्त्री ओलीसँग छलफल गरेको हो । छलफलमा जसपाबाट अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो तथा लक्ष्मणलाल कर्ण थिए भने नेकपा (एमाले) बाट पार्टी अध्यक्ष उवम् प्रधानमन्त्री ओली, उप–महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, राजन भट्टराई लगायत नेताहरु सहभागी थिए। सत्ता साझेदारीकै लागि जसपाले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेको छ भने कांग्रेस सभापति देउवासँग भेट गर्ने जनाएको छ । सत्ता समिकरणमा ‘निर्णायक भूमिका’ मा रहेको जसपाले तीनवटै दलसँग आफ्ना सर्त अघि सारेको छ भने जसले माग पुरा गर्छ, उसैसँग मिलेर सरकार बनाउने बताउँदै आएको छ ।

नयाँ सरकार गठनमा ‘किङमेकर’ प्रचण्ड हुन्: लक्ष्मणलाल कर्ण

राष्ट्रिय जनता पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको सरकार कसको नेतृत्वमा बन्ने भन्नेबारे वाम गठबन्धनका नेता एवम् नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको स्पष्ट पारेका छन्। ‘सरकार गठनको लागि यतिवेला प्रचण्ड किङ्मेकर हुन्, उनले चाहे भने कांग्रेसलगायतका अन्य दलहरुको पनि सरकार बन्न सक्छ, अहिले नै भन्न सकिने अवस्था छैन्,’ कर्णले भने। शनिबार…