काठमाण्डाै - नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्न असफल भएको छ ।
गएराति श्रीलङ्कामा भएको फाइनलमा नेपाल भारतसँग ४–० गोलले पराजित भयो ।
समूह चरणमा भारतलाई हराएको नेपालले फाइनलमा भने निराशाजनक प्रदर्शन गरेको हो । भारतका लागि बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक/एक गोल गरे ।
३९औँ मिनेटमा भारतीय खेलाडीलाई लडाएको भन्दै नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड खाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल खायो ...