नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको गठबन्धन संविधानलाई ट्र्याकमा ल्याउनका लागि भएको बताएका छन् । गठबन्धनका विषयमा असन्तुष्टि व्यक्त गर्दै आएका कोइरालाले आइतबार प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गठबन्धनको आवश्यकता रहेको बताएका हुन् ।‘अहिले हामीले गठबन्धन किन गर्नुप¥यो भने संविधान ट्र्याकबाट बाहिर गएको थियो । फेरि संविधान ट्र्याकमा ल्याउनका लागि हामीले गठबन्धन गरेको हो,’ कोइरालाले भने, ‘गठबन्धन गर्दा हामीले भनेका सबै कुरा पूरा