पेरिस । फ्रान्समा कोभिड–१९ विरुद्धको खोप नलगाएका स्वास्थ्यकर्मी बुधबारदेखि निलम्बित हुने भएका छन् । फ्रान्सका स्वास्थ्य अधिकारीका अनुसार अझै पनि तीन लाख स्वास्थ्यकर्मीहरूले खोप लगाएका छैनन् । केही अस्पतालले कर्मचारी अभावले तनाव थपिने चिन्ता व्यक्त गरेका छन् ।
फ्रान्समा स्वास्थ्यकर्मी, घरेलु कामदार र आकस्मिक कामदारहरूको लागि खोप अनिवार्य गरिएको छ ।...