सगरमाथामा हालसम्मकै धेरै आरोहीलाई अनुमति

काठमाडौं । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सर्वोच्च शिखर सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले शुक्रवारसम्म जारी गरेको हिमाल आरोहणको परमिट पाउनेमा सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूह छन् । सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका ४०८ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जानकारी दिएको छ । यसमा ९३ महिला र ३१५ पुरुष छन् । यो संख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए । विभागका अनुसार सगरमाथाका ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १४ आरोही समूह छन् । यस्तै धवलागिरि हिमालका लागि पाँच र अन्नपूर्ण हिमाल आरोहणका लागि चार आरोही समूहले अनुमति पाएका छन् । वसन्त यामको हिमाल आरोहणबाट हालसम्म ७१ करोड ४८ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएकोे छ । सगरमाथाबाट मात्रै ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको छ । कोभिड–१९ महामारीका बीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ । विभागका निर्देशक मीरा आचार्यले नेपालका ८ हजार मिटर अग्ला हिमाल आरोहणमा धेरै संख्यामा विदेशीको आगमनले पर्वतीय पर्यटनमा उत्साह जगाउनुका साथै अन्तरराष्ट्रिय बजारमा सकारात्मक सन्देश छाएको बताए । मौसमले साथ दिए यसै सातादेखि सगरमाथाको आरोहण हुने उनको भनाइ छ । अहिले अधिकांश आरोही सगरमाथाको आधार शिविर पुगिसकेका छन् । सगरमाथाको चुचुरासम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प चारमा  पुगिसकेका छन् । रासस

सम्बन्धित सामग्री

पाकिस्तानमा हालसम्मकै उच्च विन्दुमा पुग्यो इन्धनको मूल्य

पाकिस्तान सरकारले पेट्रोल र डिजलको मूल्य वृद्धि गरेसँगै इन्धनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।...

पाकिस्तानमा हालसम्मकै उच्च विन्दुमा पुग्यो इन्धनको मूल्य

पाकिस्तान सरकारले पेट्रोल र डिजलको मूल्य वृद्धि गरेसँगै इन्धनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।...

भारतमा चीनबाट हालसम्मकै सामानको उच्च आयात

सन् २०२२ को पहिलो नौ महिनामा चीनबाट भारततर्फको आयात ३१ प्रतिशतले बढेर व्यापार घाटा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । भारतीय पत्रिका ‘द हिन्दु’का अनुसार भारतले यो वर्षको  जनवरीदेखि सेप्टेम्बरबीचमा चीनबाट ८९.६६ अर्ब डलर बराबरको सामान आयात गर्यो, जुन हालसम्मकै उच्च हो ।अघिल्लो वर्ष अर्थात् २०२१ को पहिलो नौ महिनामा भारतले चीनबाट ६८.४६ अर्ब डलर बराबरको सामान आयात गरेको थियो । यसबीच चीनबाट आयातमा वृद्धि हुँदा यही अवधिमा(जनवरी–सेप्टेम्बर २०२२) चीनतर्फ भारतीय निर्यात ३६

नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा

झापा-दुई दशक बढीको इतिहासमा नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।सात वर्षअघिसम्म बचतमा रहेको बंगलाबन्ध नाकाको व्यापार अहिले निरन्तर ऋणात्मक हुँदै हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । चालू आर्थिक वर्षको ६ महिनामा नेपालले बंगलादेशमा हालसम्मकै न्यून निर्यात गरेको मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख केशवराज ओलीले बताए । उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस […]

नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा

काठमाडौं, माघ २० । दुई दशक बढीको इतिहासमा नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । सात वर्षअघिसम्म बचतमा रहेको बंगलाबन्ध नाकाको व्यापार अहिले निरन्तर ऋणात्मक हुँदै हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । चालू आर्थिक वर्षको ६ महिनामा नेपालले बंगलादेशमा हालसम्मकै न्यून निर्यात गरेको मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख केशवराज ओलीले बताए । उनका अनुसार […]

नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा

दुई दशक बढीको इतिहासमा नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । सात वर्षअघिसम्म बचतमा रहेको बंगलाबन्ध नाकाको व्यापार अहिले निरन्तर ऋणात्मक हुँदै हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । चालू आर्थिक वर्षको ६ महिनामा नेपालले बंगलादेशमा हालसम्मकै न्यून निर्यात गरेको मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख केशवराज ओलीले बताए । उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले ७ लाख ९० हजार रुपैयाँ बराबरको सामाग्री निर्यात गरेको छ । तर, यो अवधिमा बंगल

शाहरुखले लिए बलउडमा हालसम्मकै धेरै पारिश्रमिक

बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो आगामी चलचित्रका लागि बलिउडको हालसम्मकै धेरै पारिश्रमिक लिएका छन्। मिडिया रिपोर्टअनुसार खानले ‘पठान’ चलचित्रका लागि १०० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्। योसँगै उनी बलिउडमा सबैभन्दा...

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २६.०२ अंकले बढेर अधिकतम ३ हजार १११.०९ बिन्दुमा पुगेको हो । जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघि नेप्से परिसूचक करिब एक महिना अघि मात्र ३ हजार एक सय क्रस गरेको थियो । यस दिन बजार खुलेको कहीँ समय भित्रै ३१ सय क्रस गरेको नेप्सेले सो गतिलाई बजार बन्द हुने अन्तिम समय  निरन्तता दिँदै ३१ सय ११ विन्दु माथिको स्थान कायम गर्न सफल भएको हो । यस दिन कुल साढे ११ अर्ब माथिको क

मृत्यु र संक्रमण दर हालसम्मकै उच्च

काठमाडौं, बैशाख १७ । कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको जानकारी दिए । पछिल्लो […]

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा पर्‍यो हालसम्मकै धेरै आवेदन

ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ)मा हालसम्मकै धेरै आवेदन परेको छ।