काठमाण्डौ – काठमाण्डौ उपत्यकामा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ ।
काठमाण्डौ महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भिड देखिन्छ । सहरी क्षेत्रका धेरै मतदानस्थलमा खटिएका कर्मचारी मतदाता कुरेर बस्न बाध्य भएका छन् ।
काँठ क्षेत्रमा पनि यसअघिको पालिका चुनावमा जस्तो मतदाताको उत्साह नदेखिए पनि सहरी क्षेत्रको तुलनामा उत्साहपूर्ण सहभागिता देखिएको काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी द...