झापा : बिर्तामोड नगरपालिकामा लगाएको ताला ३० घण्टापछि खुलेको छ। खोप प्रकरणको विषयमा ईलाका प्रहरी कार्यालय अनारमनिमा आइतबार बसेको सर्वपक्षीय भेलामा सात बुँदे सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको हो।सर्वपक्षीय भेलाले साउन १५ गते बिर्तामोड नगरपालिका– १ स्थित टायमलेस मोमेन्ट होटेलमा कोभिड– १९ विरुद्धको चाइनिज भेरोसेल खोप कार्टुनसहित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खडका शङ्कास्पद अवस्थामा फेला परेका थिए।उक्त घटनाका सम्बन्धमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयल