गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्ममाथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल

काठमाडौँ- उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन कार्यायोजनाअनुसार सरोकार भएका निकायको समन्वयमा १० वटा विषयगत र दुई वटा विशेष निगरानी टोली खटाएर बजार अनुगमन गरिरहेको छ ।  यही असोज १ देखि २५ गत...

सम्बन्धित सामग्री

कर्णाली प्रदेश प्रहरी : ६ महीनामा २९ करोडभन्दा बढी राजस्व संकलन

सुर्खेत । न्यून स्रोत साधन र जनशक्ति अभाव हुँदाहुँदै पनि कर्णाली प्रदेश प्रहरीले तोकिएका लक्ष्य सफलतापूर्वक पूरा गर्दै आएको पाइएको छ । प्रदेशका १० ओटै जिल्ला प्रहरीद्वारा कार्यसम्पादन सम्झौता प्रभावकारी कार्यान्वयन हुँदा तोकिएको लक्ष्य हासिल भएको हो । चालू आर्थिक वर्षको ६ महीनामा प्रदेश प्रहरी कार्यालयले विभिन्न शीर्षकबाट २९ करोड ८३ हजार ५२४ रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादीहरू १४१ जनालाई पक्राउ गरी ७३ वर्ष ९ महीना २८ दिन कैद सजाय भुक्तानसँगै १६ लाख १० हजार ८०० रुपैयाँ जरिवाना असुल उपर गरेको छ । यो अवधिमा दुर्घटना दरमा न्यूनीकरणका लागि ७६७ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ६ लाख ६९ हजार ७९० जना लाभान्वित गराइएको प्रदेश प्रहरीको प्रतिवेदनमा उल्लेख छ । उक्त अवधिमा प्रदेशभर सवारी दुर्घटना २०३ ओटा भएको थियो भने सवारी दुर्घटनामा परी ११८ जनाको मृत्यु र ५१५ जना घाइते भएका छन् । यस्तै भन्सार छलीका लत्ताकपडा, सुर्तीजन्य र खाद्यान्न सामाग्रीसहित १ करोड ३४ हजार ५६४ रुपैयाँ बराबरको राजस्व असुली भएको छ । यसैगरी नदी तथा खानीजन्य प्राकृतिक स्रोतको गैरकानूनी उत्खनन तथा ओसारपसारमा संलग्न ५८ सवारीसाधन र ५१ जनालाई कारबाही गरी २ लाख ४० हजार ५७० रुपैयाँ राजस्व संकलन भएको छ । प्रदेश प्रहरी कार्यालयले पछिल्लो ६ महीनामा ३४८ जना प्रहरीलाई पुरस्कृत गर्नुका साथै १५८ जनालाई कारबाही गरिएको छ । विभिन्न निकायको समन्वयमा विभिन्न स्थानमा ४४ थान सीसीटीभी जडान तथा ४० ओटा मर्मत गरी २४५ स्थानमा सीसीटीभीको व्यवस्था गरिएको बताइएको छ । यस्तै अवैध हातहतियार २४ थान बरामद र १५ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता राजेन्द्रसिंह खड्काले बताए । सो अवधिमा लागूऔषध दुव्र्यसन तथा अवैध बेचबिखन गर्ने ९० जनालाई पक्राउ गरी ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, १ किलो २१३ ग्राम चरेश बरामद गरी कारबाही गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा विभिन्न किसिमका लागूऔषध, घरेलु हिंसा लगायत न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम ३ हजार ५७९ ओटा भएका छन् ।

१८ फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न घटनामा संलग्न १८ फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला सुनाइ फरार हुँदै आएका अभियुक्तलाई पक्राउ गरी कारागार चलान तथा जरिवाना असुल उपर गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । पक्राउ परेका अभियुक्तमध्ये चारजनालाई अदालतको फैसला बमोजिम कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको उनले बताए । दाहालका अनुसार बैंकिङ कसूर शीर्षकमा मुद्दा फैसला गरी सजाय सुनाइएका गण्डकी गाउँपालिका

मित्सुबिसीबाट उत्सर्जन छलीबापत दुई करोड ५० लाख यूरो जरिवाना असुल

टोकियो : जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको जनाएको छ । जापानी गाडी निर्माता यस कम्पनीले यो कुराको पुष्टि सोमबार गरेको हो ।  जर्मन अधिकारीहरूले गत वर्ष मित्सुबिसी कारहरू संलग्न भएको संदिग्ध ड…

मित्सुबिसीबाट उत्सर्जन छलीबापत दुई करोड ५० लाख यूरो जरिवाना असुल

टोकियो : जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको जनाएको छ । जापानी गाडी निर्माता यस कम्पनीले यो कुराको पुष्टि सोमबार गरेको हो ।  जर्मन अधिकारीहरूले गत वर्ष मित्सुबिसी कारहरू संलग्न भएको संदिग्ध ड…

सयौँ विदेशी अपराधी फरार, कसरी उठ्ला ४ अर्ब जरिवाना?

काठमाडौं । अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा अर्बौं जरिवाना असुल बाँकी छ। अदालतबाट अन्तिम फैसला भइसकेको छ। तर, ठूलो मात्रामा बिगो असुल्नुपर्ने विदेशी अपराधी विदेशतिरै निर्धक्क बसिरहेका छन्।   जिल्ला अदालतको तहसिलको ढड्डामा ...