सहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहर व्यवस्थापनको योजना बनाउने बताएका छन् । बुधबार मन्त्री चौधरीले एक महिनाको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै फोहर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमै फोहोर व्यवस्थापनको योजना अघि बढाउने तयारी गरिरहेको बताए ।