वडा कार्यालयको निर्माण गरिने

गण्डकी– पोखरा महानगरका ३३ वडामध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको वडा नं १७ मा सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिने भएको छ ।    उपत्यका नगर विकास समितिको ड्यामसाइडस्थित पाँच रोपनी जग्गामा  महानगरको पाँच करोड ३२ लाख ५४ हजारको लागतमा नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सन प्रालिद्वारा सो भवन निर्माण गर्न सम्झौता गरिएको थियो । महानगरप्रमुख धनराज आचार्यले […]

सम्बन्धित सामग्री

म्याग्दीको रघुगंगामा दुई चिस्यान केन्द्र निर्माण गरिँदै

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा दुईओटा चिस्यान केन्द्र (कोल्डस्टोर) बनाइने भएको छ । गाउँपालिकाले संघीय सरकारसँग सहकार्य गरी वडा नं २ भगवतीको बाहुनचौर र वडा नं ६ पाखापानीमा खाद्यान्न, तरकारी र फलफूललाई लामो समयसम्म भण्डारण गर्ने गरी कोल्डस्टोर बनाउन लागेको हो ।      गाउँपालिकाको ‘एक गाउँ, एक उत्पादन’ अभियान अन्तर्गत भगवतीमा संघीय सरकारले ५० लाख र गाउँपालिकाले ५० लाख गरी एक करोड लागतमा कोल्डस्टोर निर्माणको आवश्यक प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले जानकारी दिए । कोल्डस्टोरका लागि प्राविधिकको टोलीका वडा कार्यालय नजिक एक रोपनी जग्गा व्यवस्थापन भएकाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)पछि बोलपत्र प्रक्रियामा जाने प्रमुख भण्डारीले बताए । ‘यहाँ उत्पादन भएको कृषि उपजलाई भण्डारण गरी सीधै बजारमा लैजान सकिन्छ, कृषकका हरेक प्रकारका उत्पादनलाई कोल्डस्टोरमा राख्ने योजनासहित चिस्यान केन्द्रको निर्माण गर्न लागिएको हो,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । सुन्तला, केरा र आलुको उत्पादन हुने पिप्ले, भगवती, बेगखोलाकाले धेरै प्रयोग गरे पनि भगवतीको ठूलो भएकाले त्यहाँ गाउँपालिकाका सबै वडाका कृषकको उत्पादनलाई राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ । त्यस्तै पाखापानीमा संघीय र गाउँपालिकाको गरी २२ लाख लागतमा एक वर्षभित्र सम्पन्न गर्ने गरी पोर्टेबल कोल्ड च्याम्बर बनाउन आवश्यक तयारी गरिएको छ । भौगोलिक रूपमा विकट र अपायक पर्ने भएकाले झिँ, पाखापानी, चिमखोला र कुइनेमंगले क्षेत्रका कृषकलाई लक्ष्य गरी पाखापानीमा बनाउन लागिएको कोल्ड च्याम्बर एक वर्षभित्र उक्त निर्माण गरिने वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । दुवै स्थानमा निर्माण हुने कोल्डस्टोरको डिजाइन इस्टिमेटको काम अगाडि बढेकाले अगुवा कृषक समेत उत्साहित छन् । कोल्डस्टोर बनेपछि कृषिजन्य वस्तु, फलफूलअन्तर्गत सुन्तलालाई उचित तापक्रममा लामो समयसम्म राखेर बेमौसमी सिजनमा बजारमा पुर्‍याउन सकिन्छ । सिजनमा उत्पादन गरेर विक्रीको तुलनामा बेमौसममा कोल्डस्टोरमा राखेर विक्री गर्दा चार गुणाभन्दा बढी फाइदा हुन्छ । गाउँपालिकाले कृषकको उत्पादन भएको स्थानबाट कोल्डस्टोरसम्म ढुवानी तथा स्टोर सञ्चालनमा सहज हुने गरी कोषसमेत बनाउने योजना बनाएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिए । उनले कृषकलाई ढुवानी र भण्डारमा सहज हुने गरी सघाउनेसमेत बताए । रघुगंगामा उत्पादन हुने कृषि र फलफूल करीब ६ महीनासम्म कोल्डस्टोरमा राखेर बजारमा लैजान सकेमा पनि कृषकको उत्पादन र आम्दानी वृद्धि हुने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । कोल्डस्टोरमा राखिएको वस्तुको स्वाद र गुणस्तर ताजा नै हुन्छ र उपभोगका लागि स्वास्थ्यवद्र्धक र स्वच्छ मानिन्छ । चिस्यान केन्द्रकै कारण छिमेकी जिल्ला मुस्ताङको स्याउलाई फागुन, चैतमा समेत खान पाइएको छ भने निर्धारित समयमै कोल्डस्टोर बनेमा रघुगंगामा उत्पादन हुने कृषि र फलफूल वस्तुसमेत बेमौसमी सिजनमा प्रयोग गर्न पाइनेछ । रासस

भीमदत्त नगरपालिकाको मुख्य प्रशासनीक भवनको शिलान्यास

जेठ १६, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य प्रशासनिक भवन शिलान्यास गरिएको छ । शनिवार गणतन्त्र दिवसको अवसरमा नगर प्रमुख सुरेन्द्र विष्टले मुख्य प्रशासनिक भवनको शिलान्यास गरेका हुन् । नगरपालिकाले नगरवासीलाई एउटै छानामुनीबाट सेवा दिन नयाँ भवन निर्माण कार्य थालेको हो ।  ३१ करोड ९७ हजार ६०० कुल अनुमानित लागत रहेको उक्त प्रशासनिक भवन निर्माणका लागि १६ करोड ४९ लाख ७६ हजारमा ठेक्का सम्झौता भएको छ । नगरपालिकाका ईन्जिनियर हिमालय सिंह ऐरले दुई वर्षमा सक्ने गरि चार तले भवनको शिलान्यास गरिएको बताए ।  उनका अनुसार भवनमा अत्याधुनिक सेवा सुविधा रहने गरि निर्माण गरिने छ । भवनमा १० ओटा मिटिङ हल, नगर प्रमुख तथा उप प्रमुख कक्ष, शाखा कार्यालय कक्षहरु, प्रशासनीक कक्ष लगायतको संरचना बन्नेछन् । चार तले भवनमा लिफ्टको समेत व्यवस्था हुनेछ । भवन निर्माणका लागि चालू आर्थिक वर्षमा संघिय सरकारले १८ लाख बजेट विनियोजन गरेको छ । भने थप बजेटका लागि प्रतिवद्धता जनाएको छ । अपुग बजेट नगरपालिकाले विनियोजन नगरपालिकाका प्रशासकीय  अधिकृत पुस्कर भट्टले बताए ।  उनका अनुसार हाल छुट्टाछुट्टै भवन शाखाहरु सञ्चालन भईरहेकाले एउटै भवनबाट नगरवासीलाई सेवा दिने निर्माण कार्य शुरु गरिए हो । अहिले करीब १०० भन्दाबढी कर्मचारी रहेको मुख्य प्रशासनिक कार्यायलमा ठाउँ अभाव रहेको छ । भवन निर्माण भएपछि एउटै भवनबाट सबै किसिमका सेवाहरु प्रदान गरिने भएकाले सेवाग्राहीलाई सहज हुनेछ  । नगर प्रमुख सुरेन्द्र विष्टले कार्यायललाई थप व्यवस्थीत बनाउन मुख्य प्रशासनिक भवन निर्माण गरिन लागेको बताए । उनले नगरपालिकाले  बलियो भौतिक पुर्वाधारसहित गुणस्तरीय सेवा सम्पादनमा जोड दिएको बताए । हाल सबै वडामा वडा कार्यालय  भवन निर्माण गरिएको र केहिमा निर्माण पक्रिया अघि बढेको बताउँदै नगर प्रमुख विष्टले भने ‘हामीले अबको २५ वर्षपछिको अवस्थालाई मध्य नजर गरेर काम गरिरहेको छौँ, भीमदत्तलाई उप–महानगर तथा महानगरको आवश्यकता अनुसारका भौतिक पुर्वाधार निर्माण काम भइरहेको छ’ उनले भने । नगरपालिकाले २५ वर्षे गुरु योजना बनाएर काम गरिरहेको छ । गणतन्त्र दिवसको अवसर पारि गरिएको शिलान्यास कार्यलाई समयमै सम्पन्न गर्न निर्माण व्यवसायीले नगर प्रमुख विष्टले निर्देशन समेत दिएका छन् ।  त्यस्तै उप–प्रमुख शुसिला चन्द सिंहले पनि नमूना प्रशासनिक भवन बनाउने एतिहासिक कार्यको शिलान्यास गरिनु नगरवासीका लागि खुसीको कुरा भएको बताइन् । उनले नगरपालिकाले समयमै निर्माण सम्पन्न गर्न नियमित रुपमा अनुगमन र निर्देशन दिने बताइन् । नगरपालिकाले समृद्ध नगरको परिकल्पनासहित विकास निर्माण कार्यलाई अगाडी बढाइरहेको उनको भनाइ छ ।  त्यस्तै, निर्माण व्यवसायी धर्मराज जोशीले समयमै निर्माण कार्य सम्पन्न गरि सक्ने दाबी गरे । उनले  निर्माण सामाग्रीको अभाव नरहेमा समयावधि अगाडी नै भवन निर्माण कार्य सक्ने बताए ।

नगरपालिकाभित्र निःशुल्क इन्टरनेट सेवा

१८ कात्तिक, धादिङ । नीलकण्ठ नगरपालिकाअन्तर्गतको १४ वटा वडा कार्यालय नगरपालिकाको कार्यालय र नगरपालिकाअन्तर्गत निर्माण गरिने चारवटा पार्कसमेत गरी २० स्थानमा आगामी पाँच वर्षका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नीलकण्ठ नगरपालिकाको पहिरो बैठकबाट नीलकण्ठ नगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेकाले त्यसको पूर्वाधारका लागि माइक्रोसफ्ट इनोमेशन सेन्टरसँगको साझेदारीमा उक्त …