विदेश जानेहरूका लागि कोभिडको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । सहयात्री र ट्रान्जिट तथा गन्तव्य मुलुकको जनस्वास्थ्यप्रति संवेदनशील बन्न यो नियम बसालिएको हो, जुन अपरिहार्य पनि छ । यात्रुसँगसँगै संक्रमणले पनि यात्रा नगरोस् र नेपालबाट गएका मानिसका कारण अन्यत्र संक्रमण नफैलियोस् भनेर लागू गरिएको यो प्रबन्धलाई कडाइका साथ पालना गर्नैपर्छ ।