जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन ४ वर्षदेखि अलपत्र

जिल्ला अस्पताल पर्वतको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ ।

सम्बन्धित सामग्री

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन चार वर्षदेखि अलपत्र - Nepal Japan

पर्वत जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन ४ वर्षदेखि अलपत्र

जिल्ला अस्पताल पर्वतको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ ।

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र

पर्वत । जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो । सहरी विकास कार्यालयले भवनका लागि रु २८ करोड विनियोजन गरेर काम थालेको थियो । अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, […]

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन ४ वर्षदेखि अलपत्र

३० भदौ, पर्वत । जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको …

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र

जिल्ला अस्पताल पर्वतको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ।

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र

जिल्ला अस्पताल पर्वतको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ।

पूर्वाधार निर्माण अलपत्र हुँदा स्थानीयवासीलाई सास्ती

काभ्रेपलाञ्चोक, २५ माघ । पछिल्ला केही वर्षदेखि दुर्गम मानिएका काभ्रेपलाञ्चोकको दक्षिणी (महाभारत पर्वत श्रृङ्खला पारी) क्षेत्रमा पूर्वाधारलगायत विकासमा बजेट विनियोजन गर्न थालियो । बजेट आएपछि प्रक्रियागत ढङ्गबाट विशेषगरी विद्यालय भवन, सडक र पक्की पुलका निर्माण थालिए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये अतिदुर्गम मानिएका काभ्रेपलाञ्चोकको दुई गाउँपालिका महाभारत र खानीखोलामा सुरु गरिएका पूर्वाधार […]

चिस्यान केन्द्र साढे चार वर्षदेखि अलपत्र

पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरमा निर्माणाधीन चिस्सान केन्द्र (कोल्ड स्टोर) साढे चार वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष २०७३/७४ सालमा ५ करोड लागतमा निर्माण शुरू भएको कोल्ड स्टोरले पूर्णता पाउन नसकेको हो । ‘अफसिजन’मा फलफूल र तरकारी बजारमा पठाउने गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो । स्थानीय खेमबहादुर र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको कोल्ड स्टोर एक तला बनेपछि अलपत्र बनेको छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा कोल्ड स्टोर निर्माण गर्ने सम्झौता भएर एक तला निर्माण गरिए पनि अहिले अपूर्ण संरचना समेत जीर्ण बनेको छ । स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको ७ आना १ दाम जग्गा १३ लाख ५० हजार रुपैयाँमा खरिद गर्ने गरी तमसुक लेखिएको थियो । २०७४ वैशाख १७ मा लेखिएको तमसुकमा उक्त जग्गा गंगा तिमिल्सिनाको नाममा सोही वर्षको जेठ १५ भित्र पास गर्ने उल्लेख छ । तर न जग्गा पास भएको छ, न रकम नै दिइएको छ । निर्माण समिति अध्यक्ष गंगा तिमिल्सिनाले  इस्टिमेट अनुसारको बजेट नआएकाले भवन निर्माणलगायत सबै काम अलपत्र परेको बताइन् । उनका अनुसार शुरूको वर्ष ५० लाख विनियोजन गर्ने सम्झौता भएको थियो । तर २४ लाखभन्दा आएन । ‘क्रमिक रूपमा बजेट आउँछ भन्ने थियो । २४ लाख विनियोजन भएपछि काम शुरू गरिहाल्यौं,’ उनले भनिन्, ‘इस्टिमेट अनुसार बजेट नआएपछि काम अघि बढ्न नसकेको हो ।’ देउपुर पर्वतकै सुन्तला पकेट क्षेत्र हो । अहिले ४०–५० रुपैयाँ प्रतिकिलोमा विक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्न सके पाँच गुणासम्म बढी मूल्य पाइने आशामा किसान छन् । कोल्डस्टोर निर्माणका लागि स्थानीयले मोदी गाउँपालिका, प्रदेश र केन्द्रसम्मै गुहारेका छन् । तर अहिलेसम्म बजेट निकासा हुने संकेत नपाइएको वडाध्यक्ष विकास तिमिल्सिनाले बताए ।   गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले भने कोल्डस्टोर अन्यत्र बनाउने तयारी भएको बताए । २ वर्षअघिको गाउँसभाले कोल्डस्टोर निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर उक्त स्थानमा जग्गा अपुग भएकाले अन्यत्र खोज्ने भनिए पनि काम हुन सकेको छैन । पर्वतका किसानले आलुको बीउ, सुन्तला, मकै, धानलगायत फसल पोखराका कोल्डस्टोरमा भण्डारण गर्न प्रतिक्विन्टल २ हजार रुपैयाँसम्म भाडा तिर्दै आएका छन् । कोल्ड स्टोर निर्माणका लागि राजनीतिक नेतृत्वले चासो दिनुपर्ने किसानहरूको माग छ ।

पर्वतमा निर्माणाधिन चिस्यान केन्द्र साढे चार वर्षदेखि अलपत्र

पुस ८, पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा निर्माणाधिन कोल्ड स्टोर विगत साढे चार वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष ०७३/७४ सालमा रू. ५ करोडको लागतमा निर्माण शुरु भएको कोल्ड स्टोरले पूर्णता पाउन नसकेको हो । बेसिजनमा सुन्तला र आलु लगायत फलफुल र तरकारीलाई बजारमा पठाउने गरी रू. ५ करोड रुपैयाँ लागत अनुमान गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो । २ तलाको कोल्डस्टोर निर्माण योजना तीनै तहका सरकारवाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो ।  स्थानीय खेमबहादुर र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको कोल्ड स्टोर एक तला बनेपछि अलपत्र बनेको छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा कोल्डस्टोर निर्माण गर्ने सम्झौता भएर एक तल्ला निर्माण गरिए पनि अहिले अपूर्ण संरचना समेत जीर्ण बनेको छ । स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको ७ आना १ दाम जग्गा रू. १३ लाख ५० हजार रुपैयाँमा खरीद गर्ने गरी तमसुक लेखिएको थियो । २०७४ वैशाख १७ मा लेखिएको तमसुकमा उक्त जग्गा गंगा तिमिल्सिनाको नाममा सोही वर्षको जेठ १५ भित्र पास गर्ने उल्लेख छ ।  हमाल दम्पती दिन गन्दै बसिरहनुभएको भएपनि त्यस्ता जेठ १५ अहिलेसम्म ४ ओटा गइसकेका छन् । न जग्गा पास भएको छ न रकम नै पाएका छन । निर्माण समिति अध्यक्ष गंगा तिमिल्सिनाले इस्टिमेट अनुसारको बजेट नआएका कारण भवन निर्माणलगायत सबै काम अलपत्र परेको बताईन् । तिमिल्सिनाका अनुसार शुरुको वर्ष रू. ५० लाख विनियोजन गर्ने सम्झौता भएको थियो । तर रू. २४ लाखभन्दा आएन । ‘क्रमिक रूपमा बजेट आउँछ भन्ने थियो । २४ लाख विनियोजन भएपछि काम शुरु गरिहाल्यौं,’ उनले भनिन्, ‘इस्टिमेटअनुसार बजेट नआएपछि काम अघि बढ्न नसकेको हो । पैसा छिट्टै आउँछ भनेकाले कागज गरेर जग्गा लिने सम्झौता भएपनि रकम निकासा नआएपछि समस्या भएको उनको भनाइ छ । दुईतले कोल्डस्टोर निर्माण कार्य एक वर्षमा सक्ने लक्ष्य थियो । तर लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक तलाको ढलान गरेर अलपत्र छोडिएको छ । बनेको संरचना पनि अहिले खण्डहर बनेको छ ।   समयमै निर्माण सम्पन्न भएको भए अहिलेसम्म प्रयोगमा आइसक्थ्यो । ‘हामीले कौडीका भाउमा सुन्तला बेच्नुपरेको छ,’ स्थानीय दाताराम चापागाईं भने, ‘कोल्डस्टोर भइदिएको भए अहिले टिपेका सुन्तला फागुन÷चैतमा डेढ सय रुपैयाँ किलोमा विक्री हुने थिए ।’  देउपुर पर्वतकै सुन्तला पकेट क्षेत्र हो । अहिले ४०–५० रुपैयाँ प्रतिकिलोमा विक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्नसके पाँच गुणासम्म बढी मूल्य पाइने आशामा किसान रहेका छन् । कोल्डस्टोर निर्माणका लागि स्थानीयले मोदी गाउँपालिका, प्रदेश र केन्द्रसम्मै गुहारेका छन् । तर अहिलेसम्म बजेट निकासा हुने कतैबाट आशलाग्दो खबर नपाइएको वडाध्यक्ष विकास तिमिल्सिनाले बताए ।   गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले भने कोल्डस्टोर अन्तै बनाउने तयारी भएको बताए । २ वर्षअघिको गाउँसभाले कोल्डस्टोर निर्माणका लागि रू. ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर उक्त स्थानमा जग्गा अपुग भएकोले अन्यत्र खोज्ने भनिए पनि काम हुन सकेको छैन । उक्त जग्गामा बनेको भवनलाई निरन्तरता दिने वा अन्यत्र सुविधासम्पन्न कोल्डस्टोर बनाउने भन्ने विषयमा सामान्य छलफल भए पनि निचोडमा पुग्नेगरी काम नभएको पौडेलले बताए ।  ‘यो विषय बेलाबेला उठ्दै सेलाउँदै गरेको छ,’ उनले भने, ‘त्यसैलाई निरन्तरता दिँदा जग्गा कमी हुने, जग्गाधनीलाई पैसा दिनुपर्ने लगायत कुरा छन् । अन्यत्रै सार्वजनिक जग्गा खोजेर बनाउने छलफल चलेको छ ।  निर्णयमा पुगिएको छैन ।’  पर्वत जिल्लाका किसानले आलुको बीउ, सुन्तला, मकै, धानलगायत फसल पोखराका कोल्डस्टोरमा भण्डारण गर्न प्रतिक्विन्टल २ हजार रुपैयाँसम्म भाडा तिर्दै आएका छन् । कोल्ड स्टोर निर्माणका लागि राजनीतिक नेतृत्वले चासो दिनुपर्ने किसानहरुको माग रहेको छ ।