एजेन्सी । युगान्डाले बिहीबार इबोला परीक्षण खोपको बाह्र सय मात्रा प्राप्त गरेको छ । युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ एसेङ्गले राजधानी कम्पालाबाट ४० किलोमिटर दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट परीक्षण खोपको बाह्र सय मात्र प्राप्त भएको बताए।