संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रविन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्डले आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरेको १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा शुभकामना दिँदै उनले कोभिड–१९ को विश्वव्यापी महामारीका कारण पर्वतीय पर्यटनमा समेत सिथिलता आएको अवस्थामा यस दिवसका माध्यमबाट नेपालको पर्यटन सुरक्षित रहेको जानकारी गराउन र नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका