छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीने श्रमिकमाथि आर्थिक भार पर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका छन्।सरकारले लाइन काटिएका सबै उद्योगमा पुनः बिजुली जोड्ने र विद्युत महसुल विवाद समाधानका लागि आयोग गठन गरेको छ। कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्। समयमै जहाज नपुग्दा बाजुरामा २२ वर्षीया सुत्केरीको विमानस्थलमै मृत्यु भएको छ।