पाँचथर–पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायले आज सिसेक्पा तङनाम मनाउँदै छन् । सिसेक्पा भन्नाले साउन महिना र तङनाम भन्नाले पर्व भन्ने बुझिन्छ ।
साउने सङ्क्रान्तिलाई किराँती समुदाय (विशेष गरेर) लिम्बु समुदायले सिसेक्पा तङनाम भनेर मनाउने गर्दछन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ ।
सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गएर साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) सङ्कलन गरी...