रेशमलाई भर्‍याङ बनाउँदै गठबन्धन, पाँच वर्षअघि पनि भएको थियो प्रयास

मन्त्रिपरिषद्ले ‘राजनीतिक पृष्ठभूमि’ जोडिएका मुद्दा जुनसुकै अदालतमा विचाराधीन भए पनि फिर्ता लिन सकिने व्यवस्थासहितको अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । निर्वाचन सकिएर नयाँ जनादेश प्राप्त सरकार गठन नहुँदै शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले मधेस आन्दोलन, टीकापुर घटना, नेत्रविक्रम चन्द समूह र सीके राउत समूहका नेता/कार्यकर्ताविरुद्ध विचाराधिन मुद्दा फिर्ता लिने तयारी गरेको हो ।