उद्यमशीलता विकास र वित्तीय पहुँच विस्तार गर्न नबिल बैंकले गर्यो पनौती नगरपालिकासँग साझेदारी

काठमाडौं । उद्यमशीलता विकास र वित्तीय पहुँच विस्तार गर्न नबिल बैंकले पनौती नगरपालिकासँग साझेदारी गरेको छ ।उक्त साझेदारी मार्फत नगरपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई नगरपालिकाको सिफारिसमा बैंकले बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने भएको छ । उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाक

सम्बन्धित सामग्री

नबिल बैंकको तीनवटा गाउँपालिकासँग सहकार्य सम्झौता

काठमाडौं । नबिल बैंकले उद्यमशीलता तथा दिगो आर्थिक विकासका लागि पाल्पाको तानसेन नगरपालिका, रिब्दिकोट गाउँपालिका र तिनाउ गाउँपालिकाबीच सहकार्य सम्झौता गरेको छ । उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पाबीच सम्झौता भएको...

पाल्पाका तीन पालिकासँग नबिल बैंकको सहकार्य

काठमाडौं (अस) । उद्यमशीलता तथा दिगो आर्थिक विकासका लागि पाल्पाका हेफर साझेदार तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका र नबिल बैंकबीच सहकार्य हुने भएको छ । उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरताका साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा बैंकले तीन वटा पालिकासँग सम्झौता गरेको हो । तानसेनमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही, रिब्दीकोट पालिका अध्यक्ष नारायणबहादुर जिसी र तिनाउ पालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त अवसरमा नबिल बैंक अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सहयोग पुर्‍याउन बैंकले लिएको दिगो बंैकिङको लक्ष्य पछ्याउन गरिएको सम्झौताले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । हेफर इन्टरनेसनल नेपालका कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मीले नबिल बैंकसँगको सहकार्यबाट उद्यमशीलता विकासमा टेवा पुग्ने बताउँदै कृषि तथा पशु उद्यमशीलताको मूल्य–शृंखलालाई थप बलियो बनाउन सम्झौताले सहयोग गर्ने बताए । कार्यक्रममा तानसेन नगर प्रमुख शाहीले कृषि, पशुपालनका माध्यमबाट स्वरोजगार सिर्जना तथा नागरिकको आर्थिक विकासमा टेवा पुर्‍याउन सम्झौता फलदायी हुने धारणा व्यक्त गरे । नबिल बैंकले पालिकाहरूको आर्थिक रुपान्तरण अभियानमा सहयोग गर्दै आएकामा उनले धन्यवाद दिए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले तानसेन नगरपालिका, रिब्दीकोट र तिनाउ पालिकाबाट उपस्थित विभिन्न उद्यमीलाई कर्जा स्वीकृति–पत्रसमेत हस्तान्तरण गरे । सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले ०७८ असार १५ गते दिगो बैंकिङ कार्यक्रम सुरु गरेको हो ।

नबिल बैंक र पाल्पाका ३ गाउँपालिकाबीच सम्झौता

उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पा बीच सम्झौता भएको छ । पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि र तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रमका प्रमुख अतिथी तथा नविल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उदेश्यका साथ नबिल बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताए ।कार्यक्रममा हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा.तिर्थराज रेग्मीले नविल बैंकसँगको सहकार्यबाट उद्यमशिलता विकासमा ठुलो टेवा पुग्ने बताउदै कृषि तथा पशु उद्यमशिलताको मूल्यश्रृंखलालाई अझ मजवुत बनाउदै हेफर ईन्टरनेशनले यस सम्झौता पत्रले लक्ष्य गरेका उद्देश्य प्राप्तीका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै यस अभियानमा सहभागि नविल बैंक लिमिटेड प्रति आभार व्यक्त गरे । कार्यक्रमका अध्यक्ष एवम् तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन आजको सम्झौलाई ईतिहासमै निकै महत्वपूर्ण दिनको रुपमा लिएको वताउदै विगतमा सम्झौता हुने तर कार्यान्वयनमा ढिला सुस्ती हुने अवस्थाको अन्त्य गर्दै नविल बैंकले पालिकाकाहरुको आर्थिक रुपान्तरणको अभियानमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । नविल बैंक लिमिटेडका नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्यले तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाकाबाट उपस्थित विभिन्न उद्यमीहरुलाई कर्जा स्वीकृती पत्र समेत हस्तान्तरण गरे । कार्यक्रममा वोल्दै उहाले आफूलाई ठूला(ठूला कर्जा दिदा भन्दा निम्न वर्गको आर्थिक रुपान्तरण हुने कर्जा दिन पाउंदा हर्ष लाएको वताए ।  नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यस सम्झौता मार्फत नबिल बैंकले पाल्पा जिल्लाको आर्थिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने आशा लिएको छ ।

नबिल बैंकले गर्यो कम्युनिटी होमस्टे नेटवर्कसँग सम्झौता

काठमाडौं, १० फागुन । नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रबर्धन गर्ने उदेश्यले बैंकले कम्युनिटी होमस्टे नेटवर्कसँग सम्झौता गरेको हो । कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरवारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र कम्युनिटी […]

नबिल बैंकसहितका तीन संस्थाको महिला उद्यमशीलता विकास सहकार्य

काठमाडौं (अस) । महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले नबिल बैंक, सीएनआई–वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालबीच त्रिपक्षीय सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) को मुख्य  कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वुमन  लिडरसिप फोरमका संयोजक छाया शर्मा र महिला शक्ति विकास केन्द्र नेपालका कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरे । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति आर्थिक सशक्तीकरण भएकाले सम्झौताले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रममा भर्चुअल्ली उपस्थित भएका परिसंघ उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसिप फोरमलाई बैंक र महिला शक्ति विकास केन्द्र नेपालको बीच पुलको काम गरेकामा धन्यवाद दिँदै सम्झौताले महिलाको आर्थिक विकास सँगसँगै देशको दिगो विकासमा टेवा पुग्ने बताए । वुमन लिडरसिप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले परिसंघले गरेको पहल हो । महिला शक्ति विकास केन्द्रले देशैभर महिला सशक्तीकरण र महिला नेतृत्व  विकाससम्बन्धी काम गर्दै आएको छ ।  सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले ०७८ असार १५ गते धान दिवसका दिन दिगो बैंकिङ कार्यक्रम सुरु गरेको हो । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायिकीकरण र उद्यमशीलता विकासका लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाबाट सञ्चालन गर्दै आएको छ ।