काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दी गर्नेलाई निर्मम भएर कारबाही गर्न निर्देशन दिएका छन्।
शुक्रवार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्ने क्रममा गृहमन्त्री लामिछानेले राजनीतिक दलको आवरणमा संरक्षित गुण्डागर्दी गर्नेलाई निर्मम भएर प्रहरी कारबाही गर्न विशेष निर्देशन दिएका हुन्। त्यस्तै उनले सीमा क्षेत्रमा…