याेजना आयाेगबाट सिफारिस नभएका आयोजनामा बजेट नछुट्याइने

काठमाण्डाै – सरकारले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट नछुट्याउने भएको छ ।  आज मङ्गलवार सङ्घीय संसद्को दुवै सदनको बैठकमा सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नहुने बताउनुभएको हो ।  उहाँले सार्वजनिक खरिदसम्बन्धी कानुनलाई पनि सुधार गरिने बताउनुभयो । तीनै तहको बजेट कार्यान्वयनमा वित्तीय अनुशासन कायम गरिने उहाँले उल्लेख गर्नुभयो ।  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...