खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेको भन्ने रिपोर्टपछि अमेरिकाका वरिष्ठ स्वास्थ्य विज्ञ एन्थोनी फाउचीले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा गइरहेको बताएका छन् । उनले खोप कोभिड–१९ सङ्क्रमण दर रोक्न एउटा उत्तम विकल्प भएको बताउँदै कोरोना भाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा ‘डेल्टा भेरिअन्ट’ बढिरहेको बताए । फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन खोप लगाएका व्यक्तिका लागि मास्क अनिवार्य गर्ने निर्देशिका परिमार्जन गर्नेबारे पनि कुराकानी भइ